क्षेत्री समाजद्वारा ऑखा तथा दन्त शिविर, ८५१ ले सेवा पाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    क्षेत्री समाजद्वारा ऑखा तथा दन्त शिविर, ८५१ ले सेवा पाए

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७७, आईतवार

    तनहुँ : क्षेत्री समाज भानु नगरसमितिले पुरनडिही स्वास्थ्य केन्द्रमा निशुल्क ऑखा तथा दन्त शिविर सम्पन्न गरेको छ । ग्रामीण भेगका सर्वसाधारणलाई सेवा दिने उद्धेश्य सहित हिमालय ऑखा अस्पताल घारीपाटन, ढोरवाराही डेन्टल क्लिनिक दमौली र स्माइल डेन्टल क्लिनिक डुम्रेको सहयोगमा शिविर सम्पन्न भएको हो ।

    शिविरमा ८ सय ५१ जना लाभान्वित भएको क्षेत्री समाजका केन्द्रीय बुद्धजिवी सहसचिव चक्रबहादुर अधिकारीले जानकारी दिनुभयो । उहॉका अनुसार ४७७ ऑखा र ३७४ दॉतका बिरामीले सेवा लिएका छन् । त्यसमध्ये मोतियाविन्दु देखिएका १७ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।

    शिविरमा हिमालय ऑखा अस्पतालका नेत्र अधिकृत गोविन्द बढु, नेत्र सहायक मुना तजालिमा, सरिता थापा, सन्तोष बरालले ऑखा परीक्षण गर्नुभएको थियो । त्यस्तै डा. सन्जु थापा र भरत पोख्रेलबाट दॉतको परीक्षण गरिएको आयोजकले जनाएको छ ।

    नगर सभापति रामबहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राडा चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य क्या भरतबहादुर अधिकारी, केन्द्रीय सल्लाहकार समुन्द्र गोदार, केन्द्रीय बुद्धिजीवि सहसचिव चक्रबहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    शिविर सञ्चालनका क्रममा ठाकुरबहादुर अधिकारी, प्रेमबहादुर अधिकारी, उर्मिला पन्त, मुरली खड्का, भगवती देउजा लगायतले सहयोग पुर्याएको आयोजकले जानकारी दिएको छ ।