प्रधानमन्त्रीको जवाफ-सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीको जवाफ-सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग छु (पूर्णपाठ)

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै १४ वर्ष जेल बसेको व्यक्ति भएकाले अदालतको अवहेलना कहिल्यै नगरेको बताउनुभएकाे छ । सर्वोच्च अदालतमा आफैं उपस्थित भएर बुझाएको लिखित जवाफमा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा आफू अडिग रहेको समेत बताउनुभयाे ।

    प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मैले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेजयोग्य रहेको जनाउनुभयाे । प्रधानमन्त्रीले चर्चामा आउन तथ्यहीन र केवल चर्चामा आउने उद्देश्यले दायर गरिने निवेदनले देशको कार्यकारी प्रमुखको समय खेर जाने मात्र होइन सम्मानित अदालतको अमूल्य समय समेत खेर जाने जिकिर गर्नुभयाे ।

    यस्तो छ प्रधानमन्त्रीको लिखित जवाफ: https://drive.google.com/file/d/1YME51YFPt4c_pSClk-dHHKjA70LNdqIE/view