तनहुँ : तनहुँको व्यास नगरपालिकाले युवा परिषदमा सदस्यता आव्हान गरेकाे छ । व्यास नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुलाई समेटेर ०७७/७८ का लागि परिषद् गठन गर्न नगरपालिकाले सदस्यता आव्हान गरेकाे हाे ।
विभिन्न पेशा, व्यवसाय, अध्ययन र अन्य क्षेत्रमा रहेका युवालाई समेटेर युवा परिषद् गठन गर्न लागिएको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष गौरव पन्थले जानकारी दिनुभयो । प्रतिस्पर्धात्मक रुपमा छनौट गरिने परिषद्मा १८ देखि २८ वर्षसम्मका युवाहरुलाई समेटिनेछ । युवा परिषद्मा ५० जना छनौट गर्ने तयारी छ ।
नगरका सब वडा, वर्ग, जातजाति, समूह र समुदायको प्रतिनिधित्व रहने परिषद्ले युवाका चुनौति र अवसरका बारेमा नगरपालिकासँग नजिक रहेर काम गर्ने पन्थले बताउनुभयो ।