शुक्लागण्डकीमा पुरुषको शव फेला, पहिचान हुन सकेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा पुरुषको शव फेला, पहिचान हुन सकेन

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका-८ किमलडॉडामा एक पुरुषको शव फेला परेको छ। किमलडॉडास्थित सेती नदी किनारमा आइतबार पुरुषको शव फेला परेको हो।

    अन्दाजी ४०/४२ वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    सातदेखि दश दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । “अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्रयाक लगाएका छन्,” उहाँले भन्नुभयो, “पाँच फिट जति उचाई छ ।”