काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०७८, सोमबार

    काठमाडौँ : कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। अर्काे सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो।

    पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि कम्तीमा एक महिनासम्म निषेधाज्ञा लागू हुने एक उच्च सरकारी अधिकारीले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा जारी हुने छ। केहीबेरमा सूचना प्रकाशन हुन्छ।’

    काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो। निषेधाज्ञा अवधिबर अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने छन्।