काेराेनाबाट बच्न हरिवंशकाे सचेतनामूलक गीत (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    काेराेनाबाट बच्न हरिवंशकाे सचेतनामूलक गीत (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    काठमाडौं : यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ । यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिनुभएकाे छ ।

    उहाँले ‘अर्काे जुनी कोई कुन्नी कस्लाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गराउनुभएकाे हाे ।

    आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ । सानो भुलले कोराना सर्ने र बालक बृद्धलाई गाहे पर्ने समेत गीतमा उल्लेख गरेका आचार्यले उपचारको लागि अस्पतालमा ठाउँ नभएकोले छटपटिएर बस्नु भन्दा बेलैमा सचेत रहन समेत गीतमा आग्रह गर्नुभयाे ।