म्याग्देद्वारा सामुदायिक विद्यालयलाई फोटोकपी मेसिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देद्वारा सामुदायिक विद्यालयलाई फोटोकपी मेसिन

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । गाउँपालिकाभित्रका १५ सामुदायिक विद्यालयलाई फोटोकपी मेसिन हस्तान्तरण गरिएको हो ।

    गाउँपालिका अध्यक्ष मायादेवी रानाले सम्बन्धित विद्यालयका प्रधानाध्यापक एवं शिक्षकलाई उक्त मेसिन प्रदान गर्नुभयो । विद्यालयको प्रशासनिक कार्यमा सहयोग पुर्याउन फोटोकपी मेसिन प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    “प्रश्नपत्र प्रिन्ट गर्न विद्यालयलाई समस्या हुने गरेको थियो अब मेसिन भएपछि विद्यालयलाई सहज हुन्छ,” अधिकारीले भन्नुभयो, “साथै अन्य प्रशासनिक कार्यका लागि पनि मेसिन सहयोगी बन्नेछ ।”