म्याग्देमा सुत्केरी र कोभिड सङ्क्रमितलाई एम्बुलेन्स निःशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा सुत्केरी र कोभिड सङ्क्रमितलाई एम्बुलेन्स निःशुल्क

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरी र कोभिड सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । कोभिड जोखिमका कारण सुत्केरीलाई समस्यालाई पर्ने भएकाले गाउँपालिकाले सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।

    साथै कोभिड सङ्क्रमितलाई पनि एम्बुलेन्स सेवा निःशुल्क हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । बुधबार बसेको गाउँ कार्यपालिकाको १०९ औ बैठकले उक्त निर्णय गरेको हो ।

    गाउँपालिकाले दुई वटा एम्बुलेन्स सञ्चालन गरेको छ । एउटा एम्बुलेन्स गाउँपालिका आफैले खरिद गरेको हो भने अर्को सूर्य नेपाल प्रालिले उपलब्ध गराएको हो । ती एम्बुलेन्सले अन्य प्रकृतिको बिरामीको अतिरिक्त सुत्केरी र कोभिडका बिरामीलाई उच्च प्राथमिकता दिई सेवा उपलब्ध गराउनेछ भने कोभिड र सुत्केरीको हकमा मात्र अभिलेख राखी बिना लागत निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो ।

    कोभिडको जोखिम उच्च भई भवितव्य परी मृत्यु हुने मृतकको शव व्यवस्थापन नेपाली सेनामार्फत गरिने हुँदा सोका लागि व्याग, पिपिई लगायतका सुरक्षा सामग्री व्यवस्थापनको पूर्व तयारी गर्ने साथै कोभिडका कारण गाउँपालिकाभित्र मृत्यु हुने सर्वसाधारणको दाहसंस्कार गर्ने स्थान सम्बन्धित वडाध्यक्षले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग समन्वय गरी तय गर्ने निर्णय भएको गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

    अत्यावश्यक बाहेकका सेवा बन्द

    साथै गाउँपालिकाले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । बुधबार राति १२ बजेदेखि नै निषेधाज्ञा जारी हुने र कोभिडको जोखिम र वर्तमान परिस्थितिलाई विश्लेषण गरी उक्त निर्णय गरिएको हो । यसअवधिभर गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुनेछन् । साथै अन्य निजी तथा गैरसरकारी सङ्घसंस्थाहरु, बैङ्क तथा वित्तीय संस्थाहरु, सहकारी भने अर्को आदेश नभएसम्मका लागि बन्द गर्ने निर्णय भएकाे अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयाे ।

    No description available.
    No description available.No description available.No description available.