तनहुँ : तनहुँका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बन्दीपुर, व्यास र शुक्लागण्डकीका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
थप सङ्क्रमित हुनेमा बन्दिपुरका एक, व्यासका दुई र शुक्लागण्डकीका ६ जना रहेका छन् । बन्दीपुर–३ का ५३ वर्षीय पुरुष, व्यास–३ का ४३ वर्षीया महिला र ८० वर्षीय पुरुष सङ्क्रमित भएका छन् । शुक्लागण्डकी–१ का ३२, ३५ वर्षीय पुरुष, शुक्लागण्डकी–२ का ७० वर्षीय पुरुष, शुक्लागण्डकी–३ का ६६ वर्षीय पुरुष, शुक्लागण्डकी–४ का २९ वर्षीया महिला र शुक्लागण्डकी–६ का ४१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै तनहुँमा बिहीबार कूल २९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।