दमाैली : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास डायग्नोष्टिक ल्यावोरेटरी प्रालिले घरमै पुगेर रगत परीक्षणको व्यवस्था मिलाएको छ । कोभिडको जोखिमपछि निषेधाज्ञा जारी भएको अवस्थामा प्रालिले घर–घरमै पुगेर रगत परीक्षणका लागि रगत सङ्कलनको व्यवस्था मिलाएको हो ।
प्रालिले मधुमेह, थाइराइड, खराब बोसो, रगतको मात्रा, बाथ, कलेजो, मिर्गौला, भिटामिन डि, दिसा, पिसाब र खकार र अन्य रगत सम्बन्धी सम्पूर्ण जाँच गर्नुपरेमा सम्पर्क गर्न आग्रह गरेको छ । प्रालिका अध्यक्ष सुरेश तिमिल्सिनाले दमौली बजार र आसपासका वडाहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सम्बन्धित व्यक्तिको घरमै पुगेर रगत सङ्कलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
सम्पर्क नं: 065560514, 9846133295