तनहुँ : तनहुँको भानु नगरपालिका–१३ मा अवस्थित छ ठूलोढुङ्गा गाउँ । जिल्लाको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट पनि यही वडामा पर्दछ । ठूलोढुङ्गा हुँदै मिर्लुङकोट पुग्न सकिन्छ ।
समुन्द्र सतहबाट १६५४ मिटर उचाईमा रहेको मिर्लुङकोट र यसको आसपासका डाँडाहरूबाट तनहुँ जिल्लाको विभिन्न स्थानका साथै लम्जुङ, गोरखा, मनाङ र कास्कीका विभिन्न स्थानहरू सजिलैसँग देख्न सकिन्छ । सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तर भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणवाट अनुपम छ ।
बिहीबार माैसम खुलेसँगै ठूलाेढुङ्गाका केही रमणीय तस्वीरहरु :
तस्वीरहरु : सङ्गम सुमिर पिया