पिसिआर रिपोर्टका लागि तिरेको तीन हजार फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पिसिआर रिपोर्टका लागि तिरेको तीन हजार फिर्ता

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार


    दुलेगौडा : पिसिआर परीक्षणका लागि जनही रु तीन हजार तिरेका सर्वसाधारणले रिपोर्ट सहित तिरेको सम्पूर्ण रकम फिर्ता पाएका छन् । उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुगेका बिरामीसँग पिसिआर परीक्षणका लागि उठाइएको शुल्क फिर्ता गरिएको हो ।

    “हाम्रो नेपाल, हामी नेपाली” अभियान मार्फत् रकम फिर्ता गरिएको हो । अनुगमनका लागि गत बुधबार अस्पताल पुगेका ज्ञानेन्द्र शाही सहितको अभियान टोलीले निशुल्क पाउनुपर्ने रिपोर्टका लागि समेत गैह्रकानुनी ढङ्गले रकम सङ्कलन गरिएकाो भन्दै प्रश्न उठाएको थियो ।

    उपचारका लागि पुगेका बिरामीहरुसँग सोही अस्पतालमा कार्यरत कर्मचारी सुजन पन्त लगायतका समूहले पिसिआर रिपोर्टका लागि १७ जनासँग रु तीन हजारका दरले रकम उठाएका थिए ।

    सरकारी प्रकृयाबाट रिपोर्ट आउन ढिलो हुने र निजी प्रयोगशालाबाट एक दिनमै रिपोर्ट ल्याईदिने भन्दै गैह्रजिम्मेवार तवरले सर्वसाधारण नागरिकलाई ठगी गरिएको रङ्गे हात भेटेपछि रकम फिर्ता गराइएको अभियानका तनहुँ संयोजक विष्णुभक्त खनालले बताउनुभयो । स्वाव संकलन भएका १७ जनाकै रिपोर्ट आउसकेको भन्दै खनालले गरिब जनतामाथि ठगी भइरहेकाले आफूहरुले विरोध गरेको र सरकारी अस्पतालबाट नै समयमा सुविधा पाउन सकिन्छ भन्ने उदाहरण देखाउन सफल भएको दावी गर्नुभयो ।

    अस्पताल हाताभित्र अस्पतालकै कर्मचारी समेतको संलग्नतामा पैसा लिएर स्वाव सङ्कलन भएको भन्दै विरोध भएपछि अस्पताल प्रशासनले विज्ञप्ती निकालेर घटनाको छानबिन गर्ने बताएको छ ।