गण्डकीकाे निर्णय : औषधी खरिद, अक्सिजन फिलिङ र ढुवानीका लागि सबै जिल्लालाई बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीकाे निर्णय : औषधी खरिद, अक्सिजन फिलिङ र ढुवानीका लागि सबै जिल्लालाई बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    पाेखरा : गण्डकी प्रदेश सरकारले सबै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई औषधी खरिद, अक्सिजन फिलिङ र ढुवानीका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री गुरुङले शनिबार स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला अस्पतालका मेसु, आयर्वुेद अस्पतालका प्रमुख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशक सहितको भर्चुअल बैठकमा बजेट उपलब्ध गराउने निर्णय सार्वजनिक गर्नुभएको हो ।

    प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई औषधी खरिदका लागि रु पाँच÷पाँच लाख, जिल्ला अस्पताललाई अक्सिजन फिलिङ र ढुवानीका लागि पाँच÷पाँच लाख, कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीलाई खाजा खुवाउन जिल्ला अस्पतालहरुलाई पाँच÷पाँच लाख विनियोजन गरिएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

    त्यस्तै डिसिसिएमसीहरुलाई कोभिड व्यवस्थापनका लागि थप दुई÷दुई लाख, जनचेतना वृद्धि र खोज अनुसन्धानका लागि जिल्ला आयुर्वेद औषधालयहरुलाई रु दुई÷दुई लाख बजेट उपलब्ध गराइएको छ ।

    कोरोना परीक्षणको दायरा बढाउन गाउँगाउँमा एन्टिजेन परीक्षण गरिने र समयमा कोभिड परीक्षणका लागि कर्मचारीहरुलाई प्रेरित गर्ने, मनोबल उच्च बनाउने र टिम बनाएर गाउँगाउँ खटाउने निर्णय सरकारले गरेको छ ।

    थप निर्णयहरु :
    • सबै अस्पतालहरुले कोभिड-१९ संक्रमण सम्बन्धी Clinic सञ्चालन गर्ने र शंकास्पद बिरामीको PCR वा Antigen परीक्षण गरी आइसोलेसनमा राख्ने अथवा परामर्श सेवा दिई घरमा पठाउने,
    • अस्पताल सफा राख्ने, संक्रमण नियन्त्रणका उपायहरु अपनाउने र फोहोर मैलाको उचित व्यवस्थापन गर्ने,
    • आइसियुमा भर्ना भएका बिरामीहरुको उचित उपचार गर्ने , परामर्श सेवा दिने र बिरामीको नियमित निगरानी गर्ने,
    • अस्पतालमा उपलब्ध भएका सबै सिलिन्डरहरु भरेर राख्ने र संचालित अक्सिजन प्लान्टलाई चालु हालतमा राख्ने,
    • महामारीको अवस्थाको समयभरि कुनै पनि कर्मचारीलाई बिदामा नछाड्ने,
    • अक्सिजन सिलिन्डर खरिद गर्न गएको बजेटबाट यथाशिघ्र सिलिन्डर खरिद गर्ने,
    • कोभिड-१९ को संक्रमणको रोकथाम, निदान, नियन्त्रण र उपचारसँग सम्बन्धित सुरक्षा सामाग्रीहरुलाई अभाव हुन नदिने गरी व्यवस्था मिलाउने र यसका लागि अस्पतालमा उपलब्ध बजेटबाट समयमै आवस्यक सामग्री खरिद गरी मौज्दात राख्ने र नियमित आपूर्तिको लागि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रसँग समन्वय गरि माग गर्ने,
    • अस्पतालमा २४ घण्टा सेवा सञ्चालन हुने गरी एम्बुलेन्स सेवाको व्यवस्था मिलाउने,
    • DCCMC सँग समन्वय गरी कोभिड-१९ को व्यवस्थापन सम्बन्धि सम्पूर्ण क्रियाकलाप गर्ने,
    • विभिन्न समयमा प्रदेश सरकारबाट कोभिड-१९ सँग सम्बन्धित निकाशा भएका बजेट तथा कार्यक्रमलाई पूर्ण सदुपयोग गर्ने र कुनै कार्यक्रमका लागि बजेट आवश्यक भएमा तुरुन्त माग गर्ने ।स्वास्थ्य कार्यालय/ आयुर्वेद केन्द्रहरु
    • स्थानीय तहको समन्वयमा Contact Tracing गर्ने,
    • स्थानीय तहको समन्वयमा स्वाब संकलन र एन्टिजेन टेस्टको व्यवस्था मिलाउने,
    • स्वाब संकलन गर्दा आवश्यकताको आधारमा प्रोटोकल अनुसार मात्र गर्ने र जुन दिन संकलन गरेको हो परीक्षणको लागि सोही दिन नजिकको PCR परिक्षण केन्द्रमा पठाउने,
    • स्थानीय तहको समन्वयमा होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमितलाई परामर्श तथा सहजीकरण गर्न सहयोग गर्ने,
    • स्थानीय तहमा भएका संस्थागत होम आइसोलेसन केन्द्रहरुको व्यवस्थापनमा सहजीकरण गर्ने र आइसोलेसन किटबाट परीक्षण गर्नका लागि स्थानीय तहसँग समन्वय गर्ने,
    • सिकिस्त संक्रमितलाई अस्पतालमा प्रेषण गर्नका लागि अस्पताल शय्या र एम्बुलेन्स व्यवस्थापनमा सहजीकरण गर्ने,
    • DCCMC सँग निकट समन्वय गरी काम गर्ने,
    • कोभिड-१९ संक्रमणसँग सम्बन्धित औषधी तथा सामाग्रीको अनुमानित योजना बनाई प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रसँग समन्वय गरी यथेस्ट मौज्दात राख्ने ।
    • कुनै समुदाय नै कोभिड-१९ संक्रमणबाट प्रभावित भएको तथा पाउनासाथ DCCMC र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वाब संकलन, एन्टीजन परिक्षण र स्वास्थ्य शिबिर राख्न पहल गर्ने आदि ।