दमाैली । भानु नगरपालिका–१३ बाकेपसलका अइप मियाँले ८३ मुरी धान भित्र्याएका छन् । विगतका वर्षमा झै यस वर्ष पनि उनले ८३ मुरी धान र एक सय ६० भारी पराल भित्र्याएका हुन् ।
अथक मिहिनेतले सम्भवतः उनी वडामै धेरै धान भित्र्याउने कृषक बनेका छन् । गाउँमै बसेर कृषि गरिरहेका उनी व्यापार व्यवसायमा समेत आबद्ध छन् । यसै पेशाबाट उनले आफ्ना सन्तानलाई राजधानीमा उच्च शिक्षा पढाउँदै आएका छन् ।