अपाङ्गता आले परिवारलाई सहयोग जुट्न शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अपाङ्गता आले परिवारलाई सहयोग जुट्न शुरु

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७८, बुधबार

    दमाैली : श्रीमान् श्रीमती नै अपाङ्ग भएपछि विचल्लीमा परेको एक परिवारलाई सहयोग जुट्न थालेको छ । व्यास नगरपालिका–११ पोल्याङ बस्ने टोलबहादुर आले र सुकमाया आलेको परिवारलाई सहयोग जुट्न थालेको हो ।

    आले परिवारलाई स्कूल अफ डेमोक्रेसी तनहुँका आमन्त्रित सदस्य दिपेन्द्र अधिकारी र आँबुखैरेनी गाउँपालिका निवासी युवा आरिफ मियाँले सहयोग सहयोग गर्नुभएको छ । रु १३ हजारको खाद्यान्न तथा स्टेशनरी सामग्री बुधबार घरमै पुगेर हस्तान्तरण गरिएको छ । स्कूल अफ डेमोक्रेसी नेपाल तनहुँ शाखाका अध्यक्ष डम्बर अधिकारीले उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

    यसैगरी एलायन्स क्लब अफ तनहुँले पनि आले परिवारलाई खाद्यान्न सहयोग गरेको छ । क्लबमा आबद्ध परिवारले रकम उठाएर रु दश हजार मूल्य बराबरको चामल, नुन, तेल, मसला लगायतको खाद्यान्न सहयोग गरेको हो ।

    क्लबकी अध्यक्ष जमुना जोशी श्रेष्ठ, सचिव सुदीप पौडेल, कोषाध्यक्ष विनय राउत, सदस्यहरु अमित कैनी र अजित पन्थ घरमै पुगेर खाद्यान्न सहयोग गर्नुभएको छ ।