जातका कारण कोठा नदिएको आरोपमा पक्राउ घरबेटी रिहा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जातका कारण कोठा नदिएको आरोपमा पक्राउ घरबेटी रिहा

    खबरपुञ्ज संवाददाता

    ८ असार २०७८, बुधबार

    काठमाडाै : टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा हुनुभएकाे छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उहाँको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयाे । यसअघि प्रहरीले सरस्वती प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। 

    अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो।