भिमाद : भिमाद नगरपालिकाको नवौ नगरसभा बुधबारदेखि शुरु भएको छ । नगरसभामा नगरप्रमुख मेखबहादुर थापाले आगामी वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख थापाले आगामी वर्ष परिणाममुखी भन्दा नतिजामुखी योजना तथा कार्यक्रममा जोड दिइएको बताउनुभयो । सभामा उपप्रमुख शारदा खनालले योजना तथा सुपरिवेक्षण अनुगमन समिति तथा न्यायिक समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा कोभिड–१९ नियन्त्रण तथा रोकथामलाई विशेष प्राथमिकता दिइएको छ । बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।