भानु : तनहुँ जिल्लाका सबै पालिकाहरुले आज नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेपनि तनहुँको भानु नगरपालिकाको नगरसभा भने स्थगित भएको छ । संवैधानिक व्यवस्था अनुसार असार १० गते बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था रहेपनि भानु नगरपालिकाको सभा भने स्थगित भएको हो ।
राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताउनुभयो ।
तनहुँ जिल्लाका दश स्थानीय तहमध्ये भानु नगरपालिकामा बेला बेलामा विवाद हुँदै आइरहेको छ ।