भिमादको बजेट ५८ करोड ५६ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादको बजेट ५८ करोड ५६ लाख

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५८ करोड ५६ लाख आठ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख शारदा खनालले आर्थिक वर्ष ०७८÷७९ का लागि उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।

    कूल बजेटमध्ये आर्थिक विकास क्षेत्रमा रु तीन करोड ४५ लाख ७७ हजार एक सय ३०, सामाजिक विकास तर्फ रु ३० करोड एक लाख २० हजार ८ सय ७०, पूर्वाधार विकास तर्फ रु १६ करोड ३२ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ रु ५७ लाख १० हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु आठ करोड २० लाख हुने अनुमान गरिएको छ ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको कुल खर्च व्यहोर्ने स्रोतमध्ये अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु ११ करोड ९६ लाख, सशर्त चालू अनुदान २४ करोड २४ लाख, सशर्त पुँजीगत अनुदान रु दुई करोड २९ लाख र विशेष अनुदान रु ४२ र सङ्घीय राजश्व बाँडफाँडबाट रु ८ करोड ४१ लाख ८७ हजार गरी कूल रु ४७ करोड ३२ लाख ८७ हजार प्राप्त हुनेछ ।

    त्यस्तै गण्डकी प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान रु एक करोड ३८ लाख ४२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु एक करोड ५० लाख ७९ हजार, घर जग्गा रजिष्ट्रेशनबाट रु ४० लाख, समपुरक अनुदानबाट रु एक करोड गरि कूल रु चार करोड २९ लाख २१ हजार प्राप्त हुने अनुमान गरिएको छ । सडक बोर्ड नेपालबाट रु ३० लाख प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक आयतर्फ रु दुई करोड ५० लाख र चालू आर्थिक वर्षको खर्च नभई बाँकी हुने अनुमानित रु चार करोड १४ लाख गरि कूल रु छ करोड ६४ लाख आय अनुमान गरिएको छ ।

    नगरपालिकाले पर्यटन, कृषिमा यान्त्रिकीकरण तथा आर्थिक समृद्धिलाई आत्मसाथ गर्दै पहिलो आवधिक योजनाको सोच एवं दिगो विकासका लागि समृद्ध जनता ः सुरक्षित शहरको परिकल्पना गरेको नगरप्रमुख मेखबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, सुरक्षित आवास तथा उत्पादन जस्ता आवश्यकताहरुको परिपूर्तिबाट नगरवासीलाई परिवर्तनको आभास दिलाउने अठोट गरिएको छ ।

    विश्वव्यापी रुपमा नै मानव जगतको चुनौतीको रुपमा रहेको कोरोना भाइरसका कारण आगामी वर्ष समेत सिर्जित हुनसक्ने सम्भावित जोखिम, रोकथाम तथा नियन्त्रणलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ ।