कोपा अमेरिका: अर्जेन्टिनाको जितमा मेसीको दुई गोल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कोपा अमेरिका: अर्जेन्टिनाको जितमा मेसीको दुई गोल

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    एजेन्सी : कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४-१ गोलको नतिजामा पराजित गरेको छ ।

    एरिना पन्तनालमा भएको खेलको छैठौं मिनेटमा अलेजान्ड्रो गोमेजले गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको थियो । बोलिभियामाथि निरन्तर आक्रमण गरेको अर्जेन्टिनाका लागि ३३औं मिनेटमा पेनाल्टीमार्फत् र ४२औं मिनेटमा ओपन प्लेमा कप्तान मेसीले गोल गरेका थिए ।

    पहिलो हाफमा ३-० ले पछि परेको बोलिभियाका लागि एर्विन साभेड्राले ६०औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसको पाँच मिनेट नबित्दै अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले चौथो गोल गरे ।

    यस्तै मंगलबार बिहान नै भएको अर्को खेलमा इन्डिसन कभानीको निर्णायक गोलप्रेरित उरुग्वेले पाराग्वेलाई १-० को नतिजामा पराजित गरेको छ ।

    कभानीले २१औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक मात्र गोल निर्णायक बन्यो ।

    जितसँगै समूह विजेता बनेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्‍वेडरको सामना गर्नेछ । त्यस्तै उरुग्वेले कोलम्बियासँग खेल्ने छ ।