रुपा सुनारलाई न्याय सुनिश्चित गर्न तनहुँका दलित अधिकारकर्मीको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रुपा सुनारलाई न्याय सुनिश्चित गर्न तनहुँका दलित अधिकारकर्मीको माग

    खबरपुञ्ज संवाददाता

    १५ असार २०७८, बुधबार

    दमौली : कोठा भाडामा माग्न जॉदा रुपा सुनारमाथि जातीय विभेद भएको दावी गर्दै तनहुँका दलित अधिकारकर्मीले रुपालाई न्याय दिन माग गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारीमार्फत् गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले रुपालाई न्याय सुनिश्चित गर्न माग गरेका हुन् ।

    कोठा खोज्न जॉदा असार १ गते दलित भएकै कारणले वञ्चित हुनुपरेको घटनाले अझैपनि गैरदलित भनिएकाहरुको मन र मष्तिष्कमा जातीय छुवाछुत र विभेदको जालो रहेको आरोप लगाइएको छ ।

    संयुक्त दलित उत्थान मञ्चका कोषाध्यक्ष नरबहादुर विश्वकर्मा, राष्ट्रिय दलित बोर्डका पूर्व सदस्य श्याम मौराती, दलित सङ्घका तनहुँका उपाध्यक्ष रामकृष्ण विक, दलित अधिकारकर्मी विनोद विक विकास, रेशम विक, टेकबहादुर विक लगायतले बुझाउनुभएको ज्ञापनपत्रमा आरोपित छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै उपस्थित हुनुले जनताको बलिदानबाट निर्मित संविधानकै धज्जी उडाएको उल्लेख गरिएको छ ।