तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँकाे व्यास-१ र १३ बेलबास जाेड्ने छाब्दीखाेलामा तत्काल पुल निर्माण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आग्रह गर्नुभएकाे छ । निरन्तरकाे वर्षापछि आएकाे बाढीले पुल भत्किदा सर्वसाधारणलाई सास्ती भएपछि पाैडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई फाेन गरी तत्काल बेजी ब्रिज वा अन्य प्रबन्ध गर्न आग्रह गर्नुभएकाे हाे ।
साथै उहाँले बाढीपहिराेबाट पीडित भएकालाई राहतकाे व्यवस्था गर्न समेत माग गर्नुभएकाे छ । उहाँले आवश्यक प्राविधिक पठाएर सो पुल निर्माणको प्रवन्ध गर्न, तनहुँसहित सो क्षेत्रमा भएका बाढीपहिरा पीडितलाई तत्काल राहतसहितका आवश्यक प्रवन्ध गर्न आग्रह गर्नुभएकाे पाैडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी दिनुभयाे ।
साथै अवरुद्ध बाटोघाटो सुचारु गर्न, भत्किएका संरचना सहित बाढीपहिरोले पारेको क्षतिको यकिन गरी पुननिर्माणका कामलाई अघि बढाउन बेलैमा योजनावद्ध ढंगले तयारी रहन समेत पाैडेलले आग्रह गर्नुभएकाे छ ।