बेलबासमा बेलिब्रिज जडान गर्न निवर्तमान सांसद श्रेष्ठको पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेलबासमा बेलिब्रिज जडान गर्न निवर्तमान सांसद श्रेष्ठको पहल

    खबरपुञ्ज संवाददाता

    १७ असार २०७८, शुक्रबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ बेलबास जोड्ने छाब्दीखोलामा बेलिब्रिज राखिने भएको छ । केही दिनदेखि परेको वर्षाले बाढी आउँदा छाब्दीखोलाले पुल बगाएपछि उक्त ठाउँमा बेलिब्रिज राख्न लागिएको हो । त्यसका लागि तनहुँ क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले पहल गर्नुभएको छ ।

    सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तनहुँ र गोरखा पालुङटार जोड्ने मस्र्याङ्दी नदीमा रहेको बेलिब्रिज बेलबासमा जडान गर्ने भएको छ । त्यसका लागि मन्त्रालयले आवश्यक तयारी शुरु गरिसकेको श्रेष्ठले जानकारी दिनुभयो ।

    बेलबासमा पुल भत्किदा व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका सर्वसाधारणलाई आवतजावत गर्न समस्या परेको छ ।