किसानको पसिनामा बगरको थुप्रो (फोटो/भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किसानको पसिनामा बगरको थुप्रो (फोटो/भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १९ असार २०७८, आईतवार

    शब्द/तस्वीर : विनोद ढुंगाना

    दुलेगाैडा : किसानको पसिनामा बगरको थुप्रो मिसिएको छ । फाँटमा लहलह धानको बाला झुल्दै थिए । भकारीको धान हाल्ने तयारी गर्दै थिए किसान ।  धान थन्काएर वर्षभरीलाई ढुक्क हुने सुरमा थिए उनीहरु ।

    ब्याडमा बीउ हरियो बन्दै थिए । रोपेको धानले गाज हाल्दै थियो । खेतमा मकै सुकेर घर लाने तयारी चल्दै थियो । तर, बिहीबार विहानीपखको भीषण वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८, ९, १० मा किसानको पसिनामा बाढी मिसिदियो ।

    ढोर क्षेत्र हरिया फाँटहरु बगरमा परिणत भएका छन् । वर्षभरी के खाएर बाँच्ने ?  बगरको थुप्रो हटाएर फेरि कसरी रोपाइँ गर्ने ? किसान यही पीडाले छटपटाइरहेका छन् ।