निर्वाचन क्षेत्र पूर्वाधारका ६ योजना अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन क्षेत्र पूर्वाधारका ६ योजना अनुगमन

    खबरपुञ्ज संवाददाता

    २० असार २०७८, सोमबार

    तनहुँ : निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत भानु र व्यासमा सञ्चालित योजनाको अनुगमन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य डोवाटे विकको नेतृत्वमा सोमबार ६ वटा योजनाको अनुगमन गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य रामबहादुर गुरुङको निर्वाचन क्षेत्रको योजना अनुगमन गरिएको हो ।

    अनुगमन टोलीले भानु-३ चाम्बासस्थित कल्लेरी कृषि सडक, माहा डिङमा सम्पाली बौद्ध गुम्बा कम्पाउण्ड निर्माण, भानु-७ टुहुरेपसलस्थित
    राम प्रसाद स्मृति भवन निर्माण, भानु-१ भन्सारस्थित ग्रीन पार्क सामुदायिक भवन र व्यास-११ निर्बुस्थित निर्बु बाराही मन्दिरको अनुगमन गरिएको जिल्ला समन्वय समितिका प्रवक्ता एवं सदस्य गलबहादुर गुरुङले जानकारी दिनुभयो ।

    अनुगमनमाजिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, पूर्वाधार विकास कार्यालयका प्रशासकीय अधिकृत दधिराज पौडेल, ईन्जिनियर रनिल रोका लगायतको सहभागिता थियो ।