पहिराबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिराबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारको राहत

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, मंगलवार

    तनहुँ : वर्षासँगै आएको पहिराबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको छ । असार १७ गते आएको पहिरामा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको हो ।

    पहिरोमा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । आज पीडितको घरमै पुगी गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले रु ५०÷५० हजार राहत रकम प्रदान गर्नुभएको छ । सोक्रममा चुमानले मृतक थापाका आफन्त सूर्यबहादुर थापा मगर र मृतक सर्किनीका आफन्त जुनबहादुर बस्याललाई राहत रकम हस्तान्तरण गर्नुभयो ।

    No description available.

    राहत रकम प्रदान गर्दै प्रदेशसभा सदस्य चुमानले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भएपनि पूर्व तयारी अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको जीवन मूल्यसँग तुलना गर्न नसकिने भएपनि प्रदेश सरकार जनताको साथमै रहेकाले राहत रकम प्रदान गरिएको बताउनुभयो ।

    No description available.

    राहत हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य डोवाटे विक, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक दिनेश मैनाली लगायतको उपस्थिति थियो ।

    मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट पनि रु दुई लाख प्रदान गरिनेछ । प्रमुख जिल्ला अधिकारी आचार्यले केही दिनभित्रै मृतकका परिवारलाई उक्त रकम हस्तान्तरण गरिने जानकारी दिनुभयो । असार १७ गतेको पहिराबाट जिल्लामा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएका थिए ।