आरोप प्रत्यारोपलाई अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आरोप प्रत्यारोपलाई अन्त्य गर्दै पार्टी एकतामा जोड दिने नेपाल पक्षको निर्णय

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०७८, सोमबार

    काठमाडौँ : नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । सोमबार काठमाडौँमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठकले आरोप प्रत्यारोपलाई अन्त्य गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

    उनले मूल कुरा पार्टीको एकता नै भएको भन्दै आपसी मतभेदलाई हटाउँदै एकताका लागि गम्भीरतापूर्वक लाग्ने बताए । आफूहरुको गतिविधि र कामकारवाहीहरुले एकताको वातावरण भत्काउने काम नहुनेमा बैठकले जोड दिएको उनको भनाइ छ ।

    बैठकमा पछिल्लो राजनीतिक अवस्था र संसदलाई पूर्णकालसम्म सञ्चालन गर्ने विषयमा पनि छलफल भएको पन्तले बताए ।