एजेन्सी : पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने भएका छन् । पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ । त्यस खेलबाट मेस्सीले डेब्यु गर्ने स्काई स्पोर्ट्सले जनाएको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।
तर, ६ पटकको बालोन डी ओर विजेता मेस्सीले डेब्यु गर्ने मौका पाएका छैनन् ।
मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ । पीएसजीले दुई खेलमा लगातार जित निकालेको छ ।
मेस्सीले पीएसजीको टिमबाट मात्र तीन पटक प्रशिक्षण गरेको बताईएको छ ।उनको फिटनेसमा समस्या देखिएको बताईएको छ ।
मेस्सीले प्रि-सिजनको तयारी समेत गर्न पाएका थिएनन् ।कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी केहि समय छुट्टीमा बसेका थिए ।