व्यासकाे पिसिआर प्रयोगशालाबाट परीक्षण शुरु, दैनिक स्वाब सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासकाे पिसिआर प्रयोगशालाबाट परीक्षण शुरु, दैनिक स्वाब सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७८, आईतवार

    दमाैली : आफ्नै पिसिआर प्रयोगशाला सञ्चालन गरेको तनहुँको व्यास नगरपालिकाले दैनिक रुपमा स्वाब सङ्कलन गर्न थालेको छ । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य गर्दै व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा आएको प्रयोगशालबाट परीक्षण शुरु भएको हो ।

    नगरपालिकाले गत असोज ७ गतेबाट उक्त प्रयोगशाला सञ्चालनमा ल्याएको छ । आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः३० देखि १२ बजेसम्म स्वाब सङ्कलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । असोज ७ गते दश, ८ गते दश र १० गते १७ जनाको स्वाब परीक्षण गरिएको सोतीले बताए ।

    “दैनिक डेड घण्टाको अवधिमा स्वाब सङ्कलन गरी परीक्षण गर्ने व्यवस्था मिलाएका छौ,” सोतीले भने, “सोही दिन पाँच बजेभित्र रिपोर्ट दिन्छौ ।” उनका अनुसार प्रयोगशालाबाट एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडी स्वाब सङ्कलन गरेर पोखरा पठाउनुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्यो,” सोतीले भने ।

    कोरोना महामारीले आक्रान्त भएको समयमा पिसिआर रिपोर्ट आउनै ८÷९ दिन लागेपछि व्यास नगरपालिका प्रयोगशाला सञ्चालनका लागि कस्सिएको थियो । नगरपालिकाको अभियानमा सङ्घ, प्रदेश सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गरेपछि प्रयोगशाला सञ्चालनमा आएको हो ।

    पिसिआर प्रयोगशाला सञ्चालनका लागि रु एक करोड ३२ लाख १५ हजार दुई सय ६८ खर्च भएको छ । प्रयोगशालाका लागि सङ्घीय सरकारले रु ५० लाख, गण्डकी प्रदेश सरकारले र २५ लाख, व्यासका जनप्रतिनिधिले रु १३ लाख, कर्मचारीले रु आठ लाख, हेफर इन्टरनेशनले रु चार लाख, तनहुँ समाज हहकङ र तनहुँ समाज अष्ट्रे्लियाले रु दुई÷दुई लाख, तनहुँ उद्योग वाणिज्य सङ्घले रु तीन लाख एक हजार एक सय ५६ सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

    प्रयोगशाला सञ्चालनका लागि रु २५ लाख ८७ हजार सात सयमा पिसिआर मेसिन, रु दश लाख २० हजार तीन सय ९० मा जेनेरेटर, रु ५७ लाख सात हजार एक सय ७८ मा अन्य उपकरण, रु पाँच लाखमा ल्यापटप÷कम्प्युटर र रु पाँच लाखमा फर्निचर खरिद गरिएको छ भने पूर्वाधार निर्माणमा रु २९ लाख खर्च भएको छ । प्रयोगशालामा दुई जना विएमएलटि र तीन जना सिएमएलटिका स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।