भिमाद : अनेरास्ववियु भिमाद नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नगर संयोजक सुनिल लम्सालको अध्यक्षतामा सम्पन्न भेलाले ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ।
भेलामा नेकपा एमाले तनहुँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, भिमाद नगर कमिटी अध्यक्ष इमानसिं थापा लगायतले सम्बोधन गरेका थिए । भेलाको सञ्चालन अनेरास्ववियु तनहुँका सचिव निशा श्रेष्ठले गरेकी थिइन् ।