एमाले वडा अधिवेशन : भिमादका ६ वडामा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले वडा अधिवेशन : भिमादका ६ वडामा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७८, शनिबार

    भिमाद : नेकपा एमालेको वडा अधिवेशन भिमाद नगरपालिकाको ६ वडामा सम्पन्न भएको छ । ३ वडामा बाँकी रहेको छ । वडा नम्बर १, ६ र ७ मा अधिवशेन बाँकी रहेको एमाले भिमाद नगर कमिटिका अध्यक्ष ईमानबहादुर थापाले बताए ।


    वडा नम्बरको २ को अध्यक्षमा घनश्याम लम्साल, उपाध्यक्षमा प्रेमबहादुर राना, सचिवमा धनबहादुर थापा, उपसचिवमा रक्षा राना र चोकबहादुर राना चयन भए ।


    वडा नम्बर ३ को अध्यक्षमा डोलराज सेन, उपाध्यक्षमा रामबहादुर थापा, सचिवमा विजय मल्ल, उपसचिवमा राममाया श्रेष्ठ र धनमाया थापा चुनिएका छन् ।


    वडा नम्बर ४ को अध्यक्षमा निमकान्त पौडेल, उपाध्यक्षमा तिलबहादुर थापा, सीचवमा तुलबहादुर थापा सरोज, उपसचिवमा रेवती थापा र लोकबहादुर थापा चयन भए ।


    ५ को अध्यक्षमा तुलबहादुर थापा उपाध्यक्षमा गोविन गुरुङ, सचिवमा नानुमाया गैह्रे, उपसचिवमा बिष्णुहरी अधिकारी र टिकाराम आले चुनिएका छन् ।


    वडा नम्बर ८ को अध्यक्षमा सुर्यप्रसाद पराजुली, उपाध्यक्षमा तेजेन्द्र श्रेष्ठ, सचिवमा शुसिल शाही, उपसचिवमा सन्तोष थापा र नारायण भुजेल सर्वसम्मत भए ।


    वडा नम्बर ९ को अध्यक्षमा रनबहादुर थापा, उपाध्यक्षमा देवी मोक्तान आले, सचिवमा शिवकुमार आले चयन भएका छन् ।