किसानलाई फूल माला बेच्ने चटारो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    किसानलाई फूल माला बेच्ने चटारो

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७८, शनिबार

    दुलेगौडा : घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फूलेको छ । कोही फूल टिपिरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फूल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फुलमाला पु¥याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फुलका थुंगा विक्री गरिरहेको देखिन्छ ।

    भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखी सयपत्री फुलले व्यस्तता बढाई दिएको छ । फुर्सदमा तिहार मानउने उनको परिवारसँगै छरछिमेकलाई पनि सयपत्रीले व्यस्त बनाएको हो । ‘परिवारबाहेक छरछिमेक र आफन्त १० जना बढीको पनि सहयोग लिईरहेका छौँ’, उनले भने । होलसेल व्यापारीलाई नदिएर आफैँले ग्राहकको हात हातमा पु-याउँदा झनै व्यस्त बनाएको उनको भनाई छ । ‘व्यापारीलाई दिदाँ हामीलाई कम मुल्य पर्ने ग्राहकलाई पनि मंहगो मुल्य पर्ने भएपछि बरु आफैँले केही सस्तोमा बेच्दा दुवैलाई फाईदा हुन्छ भनेर खेरैनीटार र दुलेगौँडा बजारमा स्टल राखेर बेचिरहेका छौँ’, उनले सुनाए । गत बर्षसम्म मकैखेती गर्ने बारीमा यसपालि कृष्णबहादुरको परिवारले आठ सय सयपत्रीको बेर्ना लगाएको थियो । एउटै बोटमा एक सय थुुंगासम्म फुलेको छ । जसले अर्को बर्ष फुल खेती विस्तार गर्नलाई उत्साह थपेको उनी बताउँछन् ।



    शनिबार तिहारको मुख्य दिन भाइटिका। तिहार दिदीवहिनी र दाजुभाईबिचको सामिप्यतासँगै फुल र झिलिमिली बत्तीको चाड हो । सांगीतिक चाडको रुपमा पनि तिहारलाई लिइन्छ । तिहारमा दिदी वहिनीले दाजुभाईलाई सयपत्री र मखमलीको माला गलामा पहिराईदिने भएकाले फुलको विशेष महत्व छ ।

    व्यवसायिक तरिकाले फुल खेती गरेका किसानको सिजन तिहार भएकाले व्यस्तता तिहार सुरु भएसँगै बढेको हो । फुल टिपेर माला गाँस्ने र बजारमा पु-याउने हतारोमा देखिन्छन् किसान । तिहार अगावै एकातिर धान थन्क्याउने चटारो छ, अर्कोतिर फुल माला बजार पु-याएर विक्री गर्ने हतारोमा छन् किसान । बजारका हरेक चोकमा तिहारलाई आवश्यक भाई मसलासँगै फुल र माला बेच्नेहरु भेटिन्छन् ।

    शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेमा तीन जना युवा मिलेर सञ्चालन गरेको फिरफिरे अर्गानिक्समा ढकमक्क फुलेका मखमली र सयपत्री टिपेर अर्डर अनुसार बजार पु-याउन सञ्चालकलाई भ्याईनभ्याई छ । यहाँ सात रोपनीमा सयपत्री र तीन रोपनी क्षेत्रफमा मखमली फुल लगाईएको छ । फुल टिप्ने र माला गाँस्नेका काममा स्थानीय महिलाले रोजगारी पाएका छन् । ‘फुल टिप्ने, माला गाँस्ने र अर्डर अनुसार बजार पु-याउन दैनिक १० जनालाई खटाईरहेका छौँ’, सञ्चालक मदन पौडेल भन्छन्, ‘फुलको मुख्य सिजन तिहार हो । फुलले तिहार लागेसँगै व्यस्त बनाएको छ ।’ तिहारको दिन विहानदेखी फुलको सिजन सकिने र त्यसपछि फुर्सदिलो हुने पौडेलले बताए ।

    भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारी पनि फुलले व्यस्त बनाएको बताउँछन् । उनले २०६५ सालदेखी बाझिएको साढे ४ रोपनी जग्गामा सयपत्री फुल फुलाएका छन् । ‘फुल टिपेर गनेर अर्डर अनुसार पु-याईरहेको छु’, उनले सुनाए । उनले होलसेलमा फुलको थुंगा विक्री गरेकोले माला गाँस्ने झन्झटबाट मुक्त भएको बताए ।

    तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा व्यवसायिक फुल खेती गर्ने बढेका छन् । फुल खेतीमा युवाको आकर्षण बढेको पाईन्छ । जिल्लाका केही शहकारीले पनि तिहार लक्षित फुल खेती गरेका छन् । तीन बर्षदेखी तनहुँमा व्यवसायीक फुल खेती गर्नेहरु बढेका छन् । गत बर्ष कोरोनाका कारण कम फुलखेती गरिएको थियो । यसपाली कोरोना संक्रमण कायमै रहेपनि जनजिवन सामान्य लयमा फर्केकाले फुल खेती गर्नेहरु यसपाली बढेका हुन् ।