व्यासमा पनि एकादशीमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा पनि एकादशीमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    दमाैली : हरिबोधनी एकादशीको अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज विज्ञप्ती प्रकाशित गरी एकादशीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकबाट हरिबोधनी एकादशीका दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसदिन नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक), सामुदायिक तथा निजी शैक्षिक संस्था बन्द रहनेछ ।