अनिप तामाङको उपचारमा युवाको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    अनिप तामाङको उपचारमा युवाको सहयोग

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७८, शुक्रबार

    दुलेगौँडा : दुई वर्षीय बालकको उपचारमा सघाउन यहाँका युवा मिलेर आर्थिक सहयोग गरेका छन् । मकवानपुरको भिमफेदी घर भई तनहुँको दुलेगौँडामा डेरा गरी बस्ने पञ्च र सानी तामाङको दुई बर्षका छोरा अनिप तामाङको उपचारमा सघाउन शुक्लागण्डकीका युवाले ५५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

    लोक गायक शंकर पन्तको नेतृत्वमा संकलन गरिएको रकम विहीबार परिवारलाई हस्तान्तरण गरिएको हो । २०७७ भदौ २० मा पोखराको मेडिप्लस हस्पिटलमा बालकको हर्नियाको अप्रेशन गरेपछि दृष्टि गुमेको छ । बोल्न र उठबस गर्न समेत सक्दैनन् । पहिलो चरणमा काठमाडौँको कान्ति बाल अस्पतालमा लगेर स्वास्थ्य परिक्षण गर्ने र उपचार सम्भव भए नभएको पत्ता लगाउनलाई आर्थिक सहयोग गरेको पन्तले बताए । उपचार सम्भव भई निको हुने भए आर्थिक संकलन अभियान चलाएर थप सहयोग गर्ने उनको भनाई छ ।

    बिरामी बालक अनिपको वुबा घर निर्माणमा ज्याला मजदुरी गर्छन् । आर्थिक अभावका कारण उपचार गराउन नसकेको आमा सानी तामाङले बताईन् । ‘सहयोग पाएपछि अब निको हुने आश पलाएको छ’, उनले भनिन् ।

    बालकको उपचारमा सघाउन बाबुराम कार्कीले १० हजार रुपैयाँ, मित्रलाल÷पदमकुमारी श्रेष्ठले १० हजार रुपैयाँ, दिवस उप्रेतीले १० हजार रुपैयाँ सहयोग गरेका थिए । युवराज भट्टराईले पाँच हजार एक सय रुपैयाँ, देवेन्द्र ढुंगानाले पाँच हजार रुपैयाँ, सुमन सापकोटाले दुई हजार रुपैयाँ, शिव गर्तौलाले दुई हजार रुपैयाँ, सुरेन्द्र पौडेलले दुई हजार रुपैयाँ, किसान महतले एक हजार एक सय ५० रुपैयाँ, वरदान क्षेत्रीले एक हजार ५० रुपैयाँ, अमृत घिमिरेले एक हजार ५० रुपैयाँ, सिद्धार्थ केसी, नरेन्द्र थापा, दिपक तिम्लिसिना र पुष्पराज सापकोटाले जनही एक÷एक हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । पछिल्लो समय यहाँका युवाहरु मिलेर आर्थिक अभावमा उपचार गर्न नपाएका विपन्नलाई सहयोग गर्न थालेका छन् ।