दमौली : नेकपा माओवादी केन्द्र ऋषिङ गाउँ कमिटीको अध्यक्षमा वीरबहादुर थापा चयन भएका छन् । शनिबार सम्पन्न गाउँ कमिटीको अधिवेशनबाट थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरिएको छ।
कमिटीको उपाध्यक्षमा मधुप्रसाद थापा, शर्मिला आले, बसन्त सदाशंकर, सचिवमा डम्बर विक, सहसचिवमा कुशबहादुर थापा र कोषाध्यक्षमा गोपाल रानाभाट चयन भएका छन् ।
नेकपा माओवादी केन्द्रले शनिबार एकैसाथ तनहुँका दश वटै पालिकामा अधिवेशन सुरु गरेको छ।