काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षबाट जितेका तनहुँका सभापति जितप्रकाश आले रामचन्द्र पौडेल पक्षमा खुलेका छन् ।
पौडेल पक्षले बुधवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको भेलामा संस्थापन पक्षको समर्थनबाट जितेका आले सहभागी भएर कित्ता फेरेका हुन् ।
तनहुँमा पौडेल निकट उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पराजित गरेका जितप्रकाश आलेलाई देउवा पक्षका शंकर भण्डारी,गोविन्द भट्टराई लगायतको समर्थन थियो । आले यसअघि पौडेल पक्षमा रहे पनि महाधिवेशनबाट सभापति बन्ने बेला संस्थापन पक्षको उम्मेदवार बनेका थिए ।