दमौली । एक पटक पनि कोरोना विरुद्धको खोप नलगाएकालाई व्यास नगरपालिकाले खोप लगाउने भएको छ । १८ वर्षमाथिका सबैलाई मंसिर २९ र पुस १ गते कोरोना विरुद्धको खोप लगाइने नगरपालिकाले जनाएको छ।
व्यास-२ स्थित केरावारी आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोप लगाइने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । त्यस्तै पहिलो मात्रा लगाएर छुट भएकालाई पनि सोही दिन दोस्रो मात्राको खोप लगाइने उनले बताए ।