


दमाैली । गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विक नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । दलिततर्फबाट उम्मेदवारी दिएका तनहुँका विक केन्द्रीय सदस्यमा पराजित भएका हुन् ।
बुधबार राति सम्पन्न मतगणना अनुसार विकले एक हजार आठ सय १ मत प्राप्त गरेका छन् । संस्थापन इतर समूहबाट उम्मेदवारी दिएका विक मतगणनाको सुरुदेखि नै पछाडि परेका थिए । दलिततर्फ पाँच जना निर्वाचित हुनुपर्नेमा विक सातौ स्थानमा परेका छन् ।
दलिततर्फ मान बहादुर नेपाली २२४०, प्रकाश स्नेही २२२६, निप वड २१९५, हरिशरण नेपाली २०५१, मैकुलाल बाल्मिकी १८९२ मत प्राप्त गरी निर्वाचित भएका छन् । निर्वाचित हुने स्नेही बाहेक सबै शेरबहादुर देउवा प्यानलका हुन् ।