रक क्लाइम्बिङमा दिपेन र पञ्चमाया च्यम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रक क्लाइम्बिङमा दिपेन र पञ्चमाया च्यम्पियन

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७८, आईतवार

    दमाैली । जिल्लाको बन्दीपुर गाउँपालिका–४ विमलनगरको चुनपहरामा भएको रक क्लाइम्बिङ प्रतियोगिताको उपाधि दिपेन गुरुङ र पञ्चमाया तामाङले जितेका छन् । चुनपहरा जोगाउनलाई दबाब दिने उदेश्यले आयोजना गरिएको पहिलो रक क्लाइम्बिङ महोत्सव अन्तर्गतको प्रतियोगितामा पुरुषतर्फ गुरुङ र महिलातर्फ तामाङले उपाधि जित्न सफल भएका हुन् ।

    उपाधिसँगै यि दुईले जनही ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । एक बर्ष सम्मका लागि रक क्लाइम्बिङको निशुल्क तालिम लिने अवसर पनि गुरुङ र तामाङलाई प्राप्त भएको छ ।

    पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भएका छन् । महिलातर्फ रुषा प्रधान र जापनकी सवा सुचिता तेस्रो भईन् ।

    दोस्रो हुनेले जनही २० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । छ महिनाका लागि रक क्लाइम्बिङको निशुल्क तालिमको अवसर दोस्रो हुनेलाई छ । तेस्रो हुनेले जनही १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रसँगै तीन महिनाका लागि रक क्लाइम्बिङको निशुल्क तालिमको अवसर प्राप्त गरेका छन् । रक क्लाइम्बिङ प्रतियोगितामा दुई विदेशी सहित ३८ जना प्रतिष्पर्धीले सहभागिता जनाएका थिए । महिला विधातर्फ १५ जनाको सहभागिता रहेको थियो ।

    नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबको आयोजनामा रक क्लाइम्बिङ महोत्सव भएको हो । शुक्रबारदेखि महोत्सव सुरु भएको हो । सोमबारसम्म चल्ने भनिएपनि आइतबार नै महोत्सव सकिएको छ ।

    पृथ्वी राजमार्गलाई चार लेनको बनाउँदा विमलनगरको चुनपहरा भत्कने सक्ने आशंका गर्दै जोगाउन दबाब दिने उदेश्यले रक क्लाइम्बिङ महोत्सव गरेको गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरीले बताए । उनका अनुसार चुनपहरामा रक क्लाइम्बिङका लागि २७ रुट छन् । २०६३ सालमा चुनपहरामा रक क्लाइम्बिङको रुट बनाएर सुरु गरिएको हो ।