तनहुँसुरका ३० चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा (फाेटाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुरका ३० चेपाङ बालबालिकालाई लायन्सको न्यानो कपडा (फाेटाे सहित)

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७८, मंगलवार

    दमाैली । व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीलाई लायन्स क्लव अफ तनहुँ दमौलीले न्यानो कपडा सहयोग गरेको छ । मङ्गलबार विद्यालयमै पुगी क्लवले विद्यालयमा अध्ययनरत विपन्न चेपाङ बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो ।

    May be an image of 12 people, child, people standing and outdoors
    May be an image of 1 person and outdoorsMay be an image of 2 people, child, people standing, outdoors and text that says 'नो कप. पौष'

    न्यानो कपडाको अभावमा जाडो महिनामा काम्दै विद्यालय आउने गरेको थाहा पाएपछि क्लवले ३० जना चेपाङ बालबालिकालाई स्वीटर र टोपी सहयोग गरेको क्लवका निवर्तमान अध्यक्ष एवं लायन्स क्लव ३२५ वि १ नेपालका डिष्ट्रिक्ट चियरपर्सन सरोज भण्डारीले जानकारी दिए । “चेपाङ बस्तीका बालबालिकाको अवस्था दयनीय छ, उनीहरुलाई थप सहयोगको खाँचो देखिएको छ,” उनले भने, “खुट्टामा चप्पल छैन, च्यातिएकै कपडा लगाउन बाध्य छन् ।”

    क्लवका अध्यक्ष राजु रानाकाे नेतृत्वमा गएकाे लायन्सकाे टाेलीले उनीहरुलाई सहयाेग गरेकाे हाे ।