दमौलीमा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७८, शुक्रबार

    दमाैली । महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा संचालित एक दिने वित्तीय साक्षरता तथा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन तथा प्रबद्र्धन कार्यक्रम बिहीबार दमौलीमा सम्पन्न भएको छ । सो कार्यक्रममा महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन र बिक्री वितरण गरिएको थियो ।

    कार्यक्रममा १ सय भन्दा बढी उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनमा चुरा, पोते, टप, औठी, चप्पल, गुडिया लगायतका सामग्रीहरु प्रदर्शनमा राखिएको थियो । महिला उद्यमीहरुले निर्माण गरेका उक्त सामग्रीहरु आकर्षक खालका थिए । उक्त सामग्री प्रदर्शनी कार्यक्रमको गण्डकी प्रदेशकी सदस्य सरिता गुरुङले उद्घाटन गरिन् ।

    सो अवसरमा बोल्दै उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन यस्ता उद्यमशिलता कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै जानुपर्ने बताइन् । यसले गरिबी निवारणमा समेत सहयोग पुग्ने उनले बताइन् ।

    संघकी अध्यक्ष निर्मला मल्लको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, संघका पूर्व अध्यक्ष अशोककुमार श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, व्यास नपा वडा नं. २ का अध्यक्ष काशीराम श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष सुरेश थापा, वेदव्यास जेष्ठ नागरिक आश्रमकी अध्यक्ष सावित्रा श्रेष्ठ, महिला उद्यमी विकास समितिकी सभापति शकुन्तला आले, संघकी सचिव सरु श्रेष्ठ लगायतकाले बोलेका थिए ।

    तनहुँ उद्योग वाणिज्य संघको हलमा उक्त सामग्रीहरुको प्रदर्शनी गरिएको हो । व्यास नगरपालिका वडा नं. २, तराइ बोटलर्स नेपाल कोकाकोला, ब्रजेश श्रृंगार महल, अरपित टे«डर्स, सानिमा बैंक, गोर्खा ब्रुअरी टुबोर्ग, अजीज स्टोर्स, सिताज लाइफ स्टाइल लगायतका संस्थाहरुले उद्यमीहरुलाई सामान उत्पादनका लागि सहयोग पु¥याएका थिए ।