दमाैली । पृथ्वीराजमार्ग विस्तार योजना अन्तर्गत दमौली आसपासका रुख काट्न थालिएको छ । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत यतिबेला तनहुँ खण्डमा धमाधम रुख काटिएको छ ।
जसअनुसार हिजोआज सदरमुकाम दमौली आसपास रहेका रुखहरु हटाउन थालिएको छ । आइतबार मात्रै ट्राफिकचोक आसपास रहेका रुखहरु काटिएका छन् ।