दमौली । व्यास नगरपालिका-६ शिशाघाटस्थित पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा भानु चापागाइँ चयन भएका छन् । मञ्चको भर्चुअल माध्यमबाट भएको अधिवेशनले चापागाइँको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा चुना नागिला पन्थ, सचिवमा राजिव ओझा, सहसचिवमा श्री घिमिरे, कोषाध्यक्षमा विष्णु गुरुङ चयन भएका छन्। सदस्यहरुमा रुद्रसिं ठकुरी, विसु गुरुङ, ताराराम श्रेष्ठ, चुम्बनजंग शाही, किशोर पन्त, दिपेन्द्र गौतम, नवराज हमाल, उत्तम ढुंगाना चयन भएका छन्।
मञ्चको संरक्षकमा प्राचार्य बुद्धिकुमार श्रेष्ठ, सल्लाहकारमा सहायक प्राचार्य हरिराज काफ्ले, यज्ञबहादुर राना, केशर आले, राजन विक र रामचन्द्र पन्थ चयन भएका छन्।