दमाैली । कोरोना सङ्क्रमणबाट तनहुँका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ४० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । ती पुरुषमा माघ ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैबीच आइतबार तनहुँका दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये दुई महिला र आठ पुरुष छन् ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।