पत्रपत्रिकाको मूल्याङ्कन नतिजा सार्वजनिक, तनहुँका पत्रपत्रिका कुन श्रेणीमा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रपत्रिकाको मूल्याङ्कन नतिजा सार्वजनिक, तनहुँका पत्रपत्रिका कुन श्रेणीमा ?

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०७८, आईतवार

    दमाैली । प्रेस काउन्सिल नेपालले नेपालले पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण संपरीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा काउन्सिलले वर्गीकरणको नतिजा सार्वजनिक गरेको हो ।

    काउन्सिलले आर्थिक वर्ष ०७५÷७६ र ०७६÷७७ को नतिजा एकैसाथ सार्वजनिक गरेको छ । काउन्सिलले १६६ प्रदेशस्तर, १६५ राष्ट्रिय स्तर र ५५२ स्थानीयस्तरका पत्रपत्रिकाको नतिजा सार्वजनिक गरेको हो ।

    सार्वजनिक नतिजा अनुसार ०७६÷७७ का लागि प्रादेशिक खबर दैनिक ख, मादीसेती प्रवाह दैनिक ख, भञ्ज्याङ दैनिक क, दमौली खबर दैनिक ख, तनहुँ उद्घोष दैनिक ख, सेतीमादी दैनिक ख, लोकवाणी देनिक ख, व्यास श्री साप्ताहिक ख, बिहानी खबर साप्ताहिक ख, दमौली एक्सप्रेस साप्ताहिक ग, खबरवाटिका साप्ताहिक ख, क्यासमिरी साप्ताहिक ख, तनहुँ आवाज दैनिक ख, ब्रेक थ्रु साप्ताहिक ख श्रेणीमा परेका छन् ।

    आर्थिक वर्ष ०७५÷७६ का लागि प्रादेशिक खबर दैनिक ख, मादीसेती प्रवाह दैनिक ख, भञ्ज्याङ दैनिक क, दमौली खबर दैनिक ख, तनहुँ उद्घोष दैनिक ख, सेतीमादी दैनिक ख, लोकवाणी दैनिक ख, व्यास श्री साप्ताहिक ख, बिहानी खबर साप्ताहिक ख, दमौली एक्सप्रेस साप्ताहिक ग, खबरवाटिका साप्ताहिक ख, क्यासमिरी साप्ताहिक ख, तनहुँ आवाज साप्ताहिक क, ब्रेक थु्र साप्ताहिक ख श्रेणीमा परेको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।