मनकामना मन्दिर फागुन १ गतेबाट सञ्चालन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनकामना मन्दिर फागुन १ गतेबाट सञ्चालन हुने

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७८, बुधबार

    गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर फागुन १ गतेबाट खुल्ने भएको छ । कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको थियो । यो अवधिमा भक्तजनहरु मन्दिर बाहिरबाट नै दर्शन गरेर फर्कने गरेका थिए । 

    मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङका अनुसार जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको नेतृत्वमा मंगलबार बसेको बैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यसअघि बन्द गरिएका मनकामना मन्दिर खुला गर्ने निर्णय भएको हो ।

    फागनु १ गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने बैठकले निर्णय गरेको छ ।