दमौली । व्यास नगरपालिकाले पहिलो मात्रा लगाएर छुट भएकालाई मोर्डनाको दोस्रो मात्रा खोप दिने भएको छ । मोर्डनाको पहिलो मात्रा लगाएर छुट भएकालाई नगरपालिकाले माघ २८ गते दोस्रो मात्रा दिन लागेको हो ।
व्यास-२ स्थित केराबारी आधारभूत स्वास्थ्य केन्द्र र व्यास-४ सिमलटार आधारभूत स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।