आँबुखैरेनीको हिलेखर्क र भाँगेमा पशु शिविर, एक सय छ कृषक लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीको हिलेखर्क र भाँगेमा पशु शिविर, एक सय छ कृषक लाभान्वित

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७८, शनिबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित हिलेखर्क र भाँगेमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले शनिबार पशु शिविर सम्पन्न गरेको छ । पशुपालक कृषकलाई सेवा दिने उद्देश्य सहित विज्ञ केन्द्रले गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा शिविर गरेको हो ।

    आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा आयोजित शिविरबाट ५५ कृषक लाभान्वित भएको विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिविरमा पाँच सय ५८ बाख्रा, ७७ भैंसी, ९५ गाइगोरु, आठ सय तीन कुखुराको उपचार गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।

    No description available.

    यसैगरी आँबुखैरेनी गाउँपालिका–४ भाँगेमा आयोजित शिविरबाट ५१ कृषक लाभान्वित भएका छन् । त्यसक्रममा तीन सय ४५ बाख्रा, १४ भैंसी, ६२ गाइगोरु, पाँच सय दुई कुखुरा, ६४ बङ्गुर सुङ्गुरको उपचार गरिनुका साथै औषधि वितरण गरिएको श्रेष्ठले बताए ।

    No description available.

    कृषकलाई गाउँमै सेवा दिने उद्देश्यसहित शिविर आयोजना गरिएको जानकारी दिँदै श्रेष्ठले भने, “कृषकलाई पशुको उपचार गराउन पर्दा दमौलीसम्म आउनुपर्ने बाध्यता छ, गाउँमै पुगेर उपचार गरिदिँदा कृषकलाई सहज भयो ।”

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।