दमौली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका दलले भोलि बुधबार नेपाल बन्दको आव्हान गरेका छन् । सरकारले बुधबार संसदमा एमसिसी टेवल गर्ने तयारी गरेसँग् त्यसको विरोधमा नेपाल बन्द आव्हान गरिएको हो ।
नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माओवादी केन्द्र समाजवादी लगायतले बन्दको आव्हान गरेको नेकपा तनहुँ इन्चार्ज पूर्णजित पुनले बताए ।
एमसिसीलाई राष्ट्रघाती भन्दै यी दल आन्दोलनमा छन् ।