काठमाडौ । संयुक्त राष्ट्रसंघको आव्हानमा लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शान्ति सैनिक रहेका छन् । सो टोली काठमाण्डौबाट शनिबार मिसन ईलाकातर्फ प्रस्थान गरेको हो । हाल तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफालाई बदली गर्न उक्त टोली त्यसतर्फ गएको हो ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि नेपाली सेना विभिन्न संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रही महत्त्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिममा पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप सेनाले अदलीबदलीका समयमा सम्पूर्ण सुरक्षा सतर्कता अपनाउँदै आएको छ ।